अशोज १२, २०८२
काठमाडौं, असोज १२ : मलेसियाको क्वालालम्पुरमा हुने WKF कराते १ सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली प्रस्थान गर्ने भएको छ।मलेसिया कराते महासंघको आयोजनामा असोज १७ देखि १९ गतेसम्म हुने प्रतियोगितामा नेपालका चार महिला कराते खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।यस प्रतियोगितामा एरिका गुरुङ (माथि ६८ केजी), बर्षा बुद्ध मगर (तल ५० केजी), सबिना श्रेष्ठ (तल ५५ केजी) र सनु माया थिङले एकल काता इभेन्टमा नेपालको प्रतिनिधित्व गर्नेछन्।टोलीका प्रशिक्षक कुशल श्रेष्ठ रहनेछन् भने तारा गुरुङ निर्णायकको भूमिकामा रहनेछन्।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंका लाल घिसिङ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले टोलीलाई बिदाइ गर्दै सफलताको शुभकामना दिएका थिए।महिला कराते टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ।