बालेन सरकार असफल भयो, अब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ” – सांसद हर्क साम्पाङ

बैशाख १४, २०८३

श्रम संस्कृति पार्टीबाट निर्वाचित माननीय सांसद हर्क साम्पाङ राईले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सरकार पूर्ण रूपमा असफल भएको दाबी गर्दै तत्काल राजीनामा दिन माग गर्नुभएको छ।

संसद्‌मा जनसरोकारका मुद्दाहरूमा खरो उत्रिने पहिचान बनाउनुभएका सांसद साम्पाङले प्रधानमन्त्री बालेनले अब पद ओगटेर बस्नुको औचित्य नरहेको भन्दै मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको हो।

गरिबको सहारा बन्न नसकेको आरोप

सांसद साम्पाङले सरकारले जनताको अपेक्षा अनुरूप काम गर्न नसकेको र विशेष गरी गरिब वर्गको समस्या समाधानमा पूर्णतः चुकेको आरोप लगाउनुभएको छ। समय सूत्रसँगको विशेष कुराकानीमा उहाँले आफ्नो धारणा यसरी राख्नुभयो:

"सरकार असफल भयो ! अब राजीनामा दिएर मार्ग प्रशस्त गरिदिए राम्रो ! गरीब जनताको सहारा बन्न नसक्ने सरकार असफल हो ! अब अर्को व्यक्तिले नेतृत्व लिंदा राम्रो !"

संसद्‌मा बढ्दो दबाब

श्रम संस्कृति पार्टीका एक्ला सांसद भए पनि साम्पाङको यो कडा टिप्पणीले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। विशेष गरी काठमाडौँ र धरान दुवै क्षेत्रमा प्रभाव राख्ने यी दुई नेताहरूबीचको वैचारिक द्वन्द्वले आगामी दिनमा संसद्‌मा बालेन सरकारलाई थप चुनौती हुने देखिएको छ।

सम्पर्कमा रहनुहोस्