12 खर्ब 80 अरब 4 करोड रुपैयाँ

पुस ३, २०८२

विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सीको बाँया खुट्टाको करोडौँ रुपैयाँ बराबरको बीमा गरिएको छ। फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडीमध्ये एक मानिने मेस्सीको खेल करिअरमा उनको बाँया खुट्टाको भूमिका निर्णायक रहेकाले बीमा कम्पनीले उच्च मूल्यांकन गरेको हो।बीमा स्रोतका अनुसार मेस्सीको बाँया खुट्टालाई सम्भावित चोटपटक वा करिअरलाई असर पार्ने जोखिमलाई मध्यनजर गर्दै विशेष खेल बीमा योजनाअन्तर्गत सुरक्षित गरिएको छ। यद्यपि बीमाको ठ्याक्कै रकम सार्वजनिक गरिएको छैन, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई करोडौँ डलर बराबरको मूल्यांकन भएको बताएका छन्।मेस्सीले क्लब र राष्ट्रिय टोली दुवैका लागि निर्णायक गोल, असिस्ट र अविश्वसनीय प्रदर्शन गर्दै आएका छन्। विशेषगरी उनको ड्रिब्लिङ, फ्रिकिक र फिनिसिङ क्षमताको मुख्य आधार नै बाँया खुट्टा मानिन्छ।खेलाडीहरूको शरीरका महत्वपूर्ण अंगको बीमा गर्नु अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नयाँ विषय होइन। यसअघि पनि विभिन्न विश्वप्रसिद्ध खेलाडीहरूले आफ्नो खुट्टा, हात वा आवाजको बीमा गरिसकेका छन्।हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सी फिटनेसमा विशेष ध्यान दिँदै आएका छन्। बीमा निर्णयले उनको व्यावसायिक मूल्य र विश्व फुटबलमा उनको प्रभावलाई झनै पुष्टि गरेको विश्लेषकहरूको भनाइ छ।

सम्पर्कमा रहनुहोस्