२०२६ फिफा विश्वकप समूह चरण सार्वजनिक, ६ टिमको भाग्य अझै अधुरो

मंसिर २०, २०८२

फिफाले २०२६ को विश्वकपका लागि ४८ टिमको समूह विभाजन सार्वजनिक गरेको छ। संयुक्त रूपमा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने यो विश्वकपमा विश्वका ठूला–ठूला फुटबल राष्ट्रहरूले प्रतिस्पर्धा गर्नेछन्। तर, ६ टिम भने अझै पक्का भएका छैनन्, जसको अन्तिम निर्णय मार्च २०२६ मा हुने प्ले–अफहरूले गर्नेछ। सार्वजनिक गरिएको समूहहरू समूह A मेक्सिको, दक्षिण अफ्रिका, कोरिया गणराज्य, डेन्मार्क/उत्तर म्यासेडोनिया/चेचिया/आयरल्यान्ड समूह B क्यानडा, इटाली/नर्दन आयरल्याण्ड/वेल्स/बोस्निया, कतार, स्विजरल्याण्ड समूह C ब्राजिल, मोरोक्को, हाइटी, स्कटल्याण्ड समूह D अमेरिका, पाराग्वे, अस्ट्रेलिया, टर्किए/रोमानिया/स्लोभाकिया/कोसोभो समूह E जर्मनी, कुरासाओ, कोट-दिव्वार, इक्वेडर समूह F नेदरल्याण्ड, जापान, युक्रेन/स्विडेन/पोल्याण्ड/अल्बानिया, ट्युनिसिया समूह G बेल्जियम, इजिप्ट, इरान, न्यूजिल्यान्ड समूह H स्पेन, काबो भेर्डे, साउदी अरब, उरुग्वे समूह I फ्रान्स, सेनेगल, कंगो DR/न्यू क्यालेडोनिया/जमैका, नर्वे समूह J अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन समूह K पोर्चुगल, इराक/बोलिभिया/सुरिनाम, उजबेकिस्तान, कोलम्बिया समूह L इङ्ग्ल्यान्ड, क्रोएसिया, घाना, पनामा ⸻ 🔵 ६ टिम अझै छनोट हुन बाँकी 🔹 ४ टिम – UEFA प्ले–अफमार्फत १६ टिममध्येबाट ४ टिम छनोट हुनेछन्: अल्बानिया, बोस्निया, चेचिया, डेन्मार्क, इटाली, कोसोभो, नर्दन आयरल्याण्ड, उत्तर म्यासेडोनिया, पोल्याण्ड, आयरल्याण्ड, रोमानिया, स्लोभाकिया, स्विडेन, टर्किए, युक्रेन, वेल्स। 🔹 २ टिम – इन्टरकन्टिनेन्टल प्ले–अफमार्फत छ राष्ट्रबीच प्रतिस्पर्धा: बोलिभिया, कंगो DR, इराक, जमैका, न्यू क्यालेडोनिया, सुरिनाम। ⸻ अन्तिम छनोट मार्च २०२६ मा प्ले–अफहरू सकिएपछि मात्र विश्वकपको पूर्ण ४८ राष्ट्रको सूची पक्का हुनेछ।

सम्पर्कमा रहनुहोस्