२०२५ ग्लोबल सिटिजन महोत्सव”

अशोज १२, २०८२

न्यूयोर्क, सेप्टेम्बर २७, २०२५ ।
विश्वव्यापी गरिबी अन्त्य, शिक्षा र वातावरण संरक्षण जस्ता विषयमा सचेतना जगाउने उद्देश्यसहित आयोजित ग्लोबल सिटिजन महोत्सव २०२५ शनिबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भव्य रुपमा सम्पन्न भएको छ।कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले प्रस्तुति दिएका थिए। तीमध्ये पालेस्टिनी–चिलियन गायक एल्यानाले पनि मनमोहक प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन्।यस वर्षको महोत्सवले विशेषगरी आफ्रिकामा १० लाख मानिसलाई ऊर्जा पहुँच, अमेजन वर्षावनको संरक्षण, र हजारौँ बालबालिकालाई शिक्षा सुनिश्चित गर्ने लक्ष्य अघि सारेको छ।ग्लोबल सिटिजन महोत्सवमा सहभागिता जनाउनका लागि संसारभरका नागरिकहरूले सामाजिक अभियन्ता गतिविधि (जस्तै पेटिशनमा हस्ताक्षर, सचेतना फैलाउने काम आदि) मार्फत टिकट जित्न सक्ने व्यवस्था गरिएको थियो।कार्यक्रममा विभिन्न कलाकारहरूको आकर्षक प्रस्तुति मात्र नभई विश्व नेताहरू र अभियन्ताहरूको प्रतिवद्धता पनि सुन्न पाइयो।

सम्पर्कमा रहनुहोस्