हितेन्द्रदेव शाक्य पुनः कार्यकारी निर्देशकमा नियुक्त

मंसिर २४, २०८२

सर्वोच्च अदालतको आदेशअनुसार, हितेन्द्रदेव शाक्य आज बिहान नेपाल विद्युत् प्राधिकरण, रत्नपार्क पुगेर कार्यकारी निर्देशकको पद सम्हालेका छन्।ऊर्जामन्त्री बनेलगत्तै कुलमान घिसिङले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए। यसविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरुवा पूर्वाग्रही र प्रक्रियाविहीन भएको ठहर गर्दै शाक्यलाई तत्काल कार्यकारी निर्देशकको पदमा पुनर्बहाली गर्न आदेश दिएको थियो।शाक्य प्राधिकरण फर्किएसँगै ऊर्जा क्षेत्रमा निर्णय प्रक्रियाको पारदर्शिता, मन्त्रीस्तरीय हस्तक्षेप र सन्तुलनका विषयमा नयाँ बहस सुरु भएको छ।

सम्पर्कमा रहनुहोस्