मंसिर १०, २०८२
हङकङ, चीन — हङकङको ताइ पो क्षेत्रमा स्थित एक आवासीय भवनमा बुधबार दिउँसो लागेको भीषण आगलागीमा चार जनाको मृत्यु भएको हङकङ विशेष प्रशासनिक क्षेत्र (HKSAR) सरकारले जनाएको छ।स्थानिय समय अनुसार दिउँसो २:५१ बजे आगलागी भएको सूचना फायर सर्भिसेस डिपार्टमेन्टले प्राप्त गरेको थियो। आगो अत्यधिक तीव्र भएपछि मन्त्रालयले साँझ ६:२२ बजे चेतावनी स्तर बढाउँदै नम्बर ५ अलार्म घोषणा गर्यो, जुन हङकङको आगलागी चेतावनी प्रणालीमा सबैभन्दा उच्च स्तर मानिन्छ।घटनास्थलका तस्वीरहरूमा उद्धारकर्मीहरू धुवाँ र आगो फैलिएको भवनभित्र प्रवेश गरी फसेका मानिस खोज्दै र नियन्त्रण कार्यमा जुटेको देखिन्छ। दर्जनौँ दमकलकर्मी र एम्बुलेन्स टोली परिचालन गरिएको फायर सर्भिसेसले जनाएको छ।आगो लाग्ने कारणबारे अनुसन्धान जारी छ भने मृतकहरूको पहिचान अझै सार्वजनिक गरिएको छैन। स्थानीय प्रशासनले घटनाबाट प्रभावित परिवारहरूसँग समन्वय गरी सहयोग प्रक्रियाहरु अघि बढाइरहेको छ।
शिन्ह्वा