फाल्गुन २, २०८२
बारा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा कार्यकर्ताले बारा जिल्ला मा जनतालाई धम्क्याउँदै, त्रसित पार्दै र डरको वातावरण सिर्जना गरी भोट मागिरहेको गम्भीर आरोप सार्वजनिक भएको छ।स्थानीयवासीहरूको भनाइ अनुसार रास्वपाका केही उम्मेदवार र सक्रिय कार्यकर्ताहरू घरघरमा पुगेर दबाब, धम्की र मानसिक त्रास प्रयोग गर्दै भोट मागिरहेका छन्। “भोट नदिए राम्रो हुँदैन” भन्ने किसिमका चेतावनी दिइएको गुनासो आएको छ, जसका कारण सर्वसाधारण नागरिकहरू डर र असुरक्षामा बाँच्न बाध्य भएका छन्।यस किसिमको गतिविधिले स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचनको आधारभूत सिद्धान्तमाथि गम्भीर आघात पुगेको स्थानीय बुद्धिजीवी र नागरिक समाजको भनाइ छ। लोकतन्त्रमा भोट माग्ने अधिकार भए पनि धम्की र त्रासमार्फत मत माग्नु अपराध भएको उनीहरूको जोड छ।पीडित पक्षले निर्वाचन आयोग, सुरक्षा निकाय र प्रशासनसँग तत्काल छानबिन, कडा निगरानी र दोषीमाथि कारबाहीको माग गरेका छन्। तर हालसम्म यस विषयमा रास्वपाको आधिकारिक प्रतिक्रिया आएको छैन।बारा जिल्लामा देखिएको यो घटनाले चुनावी प्रक्रियामाथि नै प्रश्न उठाएको छ। यदि यस्ता गतिविधि रोकिएनन् भने स्थिति थप तनावग्रस्त बन्न सक्ने चेतावनी स्थानीयस्तरबाट दिइएको छ।