सीरिया: असद पतनको पहिलो वर्षगाँठमा सैन्य परेड

मंसिर २२, २०८२

दमास्कस, 
सीरियामा पूर्व राष्ट्रपति बशर अल-असदको पतन भएको पहिलो वर्ष पूरा भएको अवसरमा राजधानी दमास्कसमा नयाँ सीरियाली सेनाले विशेष सैन्य परेड सम्पन्न गरेको छ।आधुनिक बख्तरबन्द सवारीसाधनमा सवार सैनिकहरूले परेडमार्फत देशमा नयाँ राजनीतिक अध्यायको सुरुवातको प्रतीक प्रस्तुत गरे। संक्रमणकालीन सरकारका अधिकारीहरूले देशमा शान्ति, स्थिरता र पुनर्निर्माणलाई प्राथमिकता दिइने बताएका छन्।आन्तरिक संघर्षका कारण वर्षौंदेखि अस्थिर रहेको सीरिया अहिले नयाँ नेतृत्वअन्तर्गत राष्ट्रिय मेलमिलाप र विकासतर्फ अघि बढिरहेको छ।

AP

सम्पर्कमा रहनुहोस्