सिड्नीको Croydon Park मा गोलीकाण्ड, एक व्यक्तिलाई पक्राउ
समय सूत्र @
अशोज १९, २०८२
सिड्नीको Croydon Park क्षेत्रमा आइतबार राति गोली प्रहार भएपछि ठूलो प्रहरी अभियान सुरु भएको छ।
NSW Ambulance का अनुसार, गोली लागेर एक जनालाई Canterbury अस्पताल पुराइएको छ भने अर्को व्यक्तिलाई घटनास्थलमै उपचार गरिएको छ। साथै दुई जना साना चोटपटकसहित Campsie प्रहरी चौकीमा पुगेका छन्।
यस घटनामा ४ जना घाइते भएको पुष्टि भएको छ।
करीब राति ९:३० बजे Georges River Road स्थित एक भवनमा गरिएको कारबाहीबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी उनको हतियार बरामद गरेको छ।
पक्राउको क्रममा प्रहरीले ती व्यक्तिलाई “हात माथि उठाऊ” र “तल बस” भन्ने आदेश दिइरहेको आवाज आसपासका स्थानीयले सुनेका थिए।
स्रोत: NSW Police / NSW Ambulance