अशोज २४, २०८२
इलीनोइस राज्य प्रहरी (State Police) ले ब्रडभ्यूस्थित एक आप्रवासन प्रशोधन तथा बन्दी सुविधा केन्द्र (immigration processing and detention facility) अगाडि अस्थायी बार (fence) को सुरक्षामा तैनाथ भएका छन्।यसअघि सो दिनै नेशनल गार्डका सैनिकहरू पनि सुरक्षा सहयोगका लागि स्थलमा पुगेका थिए। उनीहरूलाई गृह सुरक्षा विभाग (DHS) का कर्मचारीहरूको सहायता गर्न खटाइएको बताइएको छ।नेशनल गार्डलाई तैनाथ गर्ने निर्णय ट्रम्प प्रशासनले गरेको हो, जसको विरोध इलीनोइसका गभर्नर जे.बी. प्रिट्जकर (JB Pritzker) ले गरेका छन्। उनले राष्ट्रपतिको यो कदमलाई “राजनीतिक स्वार्थका लागि सैनिक प्रयोग” भएको आरोप लगाएका छन्।
📸 तस्वीर: स्कट ओल्सन / गेट्टी इमेजेस / एएफपी