अशोज १४, २०८२
काठमाडौँ । चर्चित अभिनेता समिर भट्टा अभिनीत नयाँ नेपाली फिल्मले प्रदर्शनको पहिलो दिनमै ऐतिहासिक सफलता हात पारेको छ। शुक्रबार रिलिज भएको उक्त चलचित्रले पहिलो दिनमै २ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको फिल्म निर्माताले जानकारी दिएका छन्।फिल्म हेरेर निस्कने क्रममा दर्शकहरु अत्यन्त भावुक बनेका दृश्यहरू देखिएका छन्। धेरैले समिर भट्टालाई प्रत्यक्ष भेट्दा अङ्गालो हाल्दै आँसु झारेको दृश्यले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ।निर्माताले भने, “यसरी दर्शकको माया र साथ पाइएपछि हाम्रो टिम अझै उत्साहित भएको छ। यो फिल्म नेपाली चलचित्र क्षेत्रमा नयाँ ऊर्जा बनेर आएको छ।”फिल्मले पहिलो दिनमै रेकर्ड तोडेपछि आगामी दिनमा अझ ठूलो व्यापार हुने अपेक्षा गरिएको छ।