मंसिर २८, २०८२
काठमाडौं । समसामयिक विचार, विश्लेषण र तथ्यमा आधारित मासिक पत्रिका ‘समय सूत्र’ को पुष महिनाको अंक बजारमा आएको छ।पुष अंकमा देशको राजनीतिक अवस्था, आर्थिक चुनौती, सामाजिक रुपान्तरण, समसामयिक बहस तथा विशेष लेखहरू समेटिएका छन्। पत्रिकाले पाठकलाई गहिरो अध्ययन र विश्लेषण प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।समय सूत्रको पुष अंक काठमाडौंसहित देशका प्रमुख शहरका पुस्तक पसल, न्युज स्टल तथा वितरण केन्द्रहरूमा उपलब्ध रहेको प्रकाशन पक्षले जानकारी दिएको छ।नियमित रूपमा गुणस्तरीय सामग्री प्रस्तुत गर्दै आएको समय सूत्रले यस अंकमार्फत पनि पाठकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेको छ।
