सप्तरीमा ऋण असुली गर्न गएका बैंक कर्मचारीमाथि कालोमोसो दली दुर्व्यवहार

मंसिर २९, २०८२

सप्तरी — सप्तरी जिल्लामा ऋण असुलीका लागि गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दली कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। जिल्लाको रुपनी क्षेत्रतर्फ ऋण असुलीका लागि पुगेका बैंक कर्मचारीलाई स्थानीय ऋणी तथा उनका आफन्तले दुर्व्यवहार गरेको बताइएको छ।घटनाका क्रममा बैंक कर्मचारीलाई कालोमोसो दलिनुका साथै अपमानजनक व्यवहार गरिएको थियो। घटनापछि स्थानीय क्षेत्रमा तनावको स्थिति सिर्जना भएको थियो भने सामाजिक सञ्जालमा उक्त घटनासम्बन्धी भिडियो र तस्बिरहरू पनि फैलिएका छन्।बैंकका तर्फबाट यस घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कानुनी प्रक्रिया अनुसार ऋण असुली गरिएको अवस्थामा कर्मचारीमाथि यस्तो अमानवीय व्यवहार हुनु निन्दनीय रहेको प्रतिक्रिया दिइएको छ। बैंकले यस घटनाले समग्र बैंकिङ क्षेत्रको मनोबलमा नकारात्मक असर पर्ने जनाएको छ।घटनापछि सम्बन्धित निकायलाई जानकारी गराइएको र दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ। स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

सम्पर्कमा रहनुहोस्