चैत्र २१, २०८२
✍️ रिपोर्टर: सुनील सिंह
पोखरा — फेवा ताल आसपास ६५ मिटरभित्रका अवैध संरचना भत्काउने कार्य सुरु भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। विरोधस्वरूप उनीहरूले सडक अवरुद्ध गर्दै आन्दोलन सुरु गरेका छन्।स्थानीयहरूका अनुसार अचानक डोजर प्रयोग गरेर संरचना हटाउने कार्य गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। “हामीलाई पर्याप्त समय र विकल्प नदिई जबर्जस्ती हटाइयो,” एक स्थानीयले गुनासो गरे।सरकारी निकायले भने ताल संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने र अतिक्रमण हटाउने उद्देश्यले यो कदम चालिएको जनाएको छ। फेवा ताल को दीर्घकालीन संरक्षणका लागि कानुनी मापदण्डअनुसार ६५ मिटर क्षेत्रभित्रका संरचना हटाउनुपर्ने बाध्यता रहेको अधिकारीहरूको भनाइ छ।विरोध प्रदर्शनका कारण केही समय यातायात अवरुद्ध भएको र स्थानीय क्षेत्रको जनजीवन प्रभावित बनेको छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाइएको छ।यसैबीच, सरोकारवालाहरूले वातावरण संरक्षण र स्थानीय जनजीवनबीच सन्तुलन कायम गर्न संवाद र सहमतिको आवश्यकता औंल्याएका छन्।