संसद भवनमा आगजनी काण्डमा संलग्न भनिएका प्रकाश रजौरिया रास्वपाका उम्मेदवार

माघ २५, २०८२

गत भदौ २४ गते भएको ‘जेन जी विध्वंश’ घटनाका क्रममा संसद भवनमा आगो लगाउने कार्यमा संलग्न रहेको आरोप लागेका प्रकाश रजौरियालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा उम्मेदवार बनाएको छ।प्रकाश रजौरिया कपिलवस्तु क्षेत्र नम्बर ३ बाट घण्टी चिन्ह लिएर उम्मेदवार बनेका हुन्। संसद भवनमा आगजनीजस्तो गम्भीर घटनासँग नाम जोडिएको व्यक्तिलाई उम्मेदवार बनाइएपछि राजनीतिक वृत्तमा तीव्र आलोचना र प्रश्न उठ्न थालेका छन्।एकातिर रास्वपा आफूलाई सुशासन, नैतिकता र नयाँ राजनीति को दाबी गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ भने अर्कोतर्फ यस्ता गम्भीर घटनामा संलग्न भनिएका व्यक्तिलाई टिकट दिनु दलको घोषणासँग ठाडो विरोधाभास भएको टिप्पणी भइरहेको छ।सार्वजनिक सम्पत्ति, संसदजस्तो सर्वोच्च संस्थामाथि भएको आगजनी घटनालाई समाजले गम्भीर अपराधका रूपमा लिएको अवस्थामा, यस्तो पृष्ठभूमि जोडिएको व्यक्तिलाई उम्मेदवार बनाउनु राजनीतिक जिम्मेवारी र नैतिकताको प्रश्न बनेको छ।

अब प्रश्न उठ्छ— 👉 के आगजनी आरोप झेलेका व्यक्तिलाई उम्मेदवार बनाउनु नै नयाँ राजनीति हो?
👉 रास्वपाको सुशासनको नाराको विश्वसनीयता कहाँ रहन्छ?

यस विषयमा पार्टी नेतृत्वको स्पष्ट धारणा र जवाफ अझै सार्वजनिक भएको छैन।

सम्पर्कमा रहनुहोस्