श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत घोषणापछि विमानस्थल क्षेत्र कडा निषेधाज्ञामा

माघ २९, २०८२

काठमाडौं, माघ २९ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ। राप्रपा तथा राजावादी समूहले फागुन १ गते श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई भव्य स्वागत गर्ने घोषणा गरेपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले कडा कदम चालेको हो।प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बिहीबारदेखि लागू हुने गरी एक महिनाका लागि निषेधाज्ञा आदेश जारी गरेका छन्। आदेशअनुसार विमानस्थल क्षेत्रलाई उच्च सुरक्षा जोखिमको क्षेत्र घोषणा गरिएको छ।जारी आदेशमा गोल्डेन गेटदेखि विमानस्थल हाताभित्र पर्ने सम्पूर्ण सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्रलगायत विमानस्थल परिसरमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने स्पष्ट उल्लेख गरिएको छ। साथै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा वा कुनै पनि प्रकारका विरोध कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको छ।प्रशासनका अनुसार विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा सम्भावित भीड, प्रदर्शन तथा अवाञ्छित गतिविधिले सार्वजनिक सुरक्षा, हवाई उडान र देशको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पार्न सक्ने भएकाले यस्तो निर्णय लिनुपरेको हो।यस निर्णयसँगै राजधानीको सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ। सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ भने आदेश उल्लङ्घन गर्ने जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।राजनीतिक विश्लेषकहरूका अनुसार श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवसँग जोडिएका गतिविधि र त्यसको प्रतिक्रियामा लिइएका सुरक्षा कदमहरूले देशको राजनीतिक तापक्रम बढ्दै गएको संकेत गर्छ। अवस्था नियन्त्रणबाहिर

सम्पर्कमा रहनुहोस्