श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह जनकपुर जादै

माघ १०, २०८२

@सुनिल सिंह जनकपुर, धनुषा | 

श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह आज जनकपुर आउने कार्यक्रम तय भएको छ। उनका कार्यालयका स्रोतका अनुसार भ्रमणको मुख्य उद्देश्य धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममा सहभागिता गर्नु रहेको छ।राजाको भ्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रशासनले ट्राफिक व्यवस्थापन, भीड नियन्त्रण र राजकीय सत्कारका लागि विशेष योजना बनाएको छ।ज्ञानेन्द्र शाहले विगतमा पनि जनकपुरको धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। यस भ्रमणमा उनले स्थानीय पूजा पाठ, सांस्कृतिक कार्यक्रम र जनता भेटघाट गर्ने कार्यक्रम राखेका छन्।स्थानीय नागरिक, धार्मिक समुदाय र व्यवसायीहरू यस भ्रमणप्रति उत्साहित देखिएका छन्। उनका स्वागतका लागि विभिन्न कार्यक्रम र सत्कारको तयारी भइरहेको छ।

सम्पर्कमा रहनुहोस्