श्रीलङ्कामा भीषण मौसमजन्य विपत्ति : मृतक ४१०, बेपत्ता ३३६

मंसिर १६, २०८२

कोलम्बो

श्रीलङ्कामा हाल देखिएको भीषण मौसमका कारण व्यापक बाढी तथा पहिरोको स्थिति सिर्जना भएको छ। राजधानी कोलम्बोलगायत धेरै क्षेत्रमा जनजीवन कठिन बनेको अधिकारीहरूले बताएका छन्।डिसेम्बर १ का दिन कोलम्बोमा मानिसहरू घुँडासम्म पानी भरिएको सडक हुँदै हिँडिरहेको देखिएको थियो। उक्त अवस्थाले जनधन दुवैमा ठूलो क्षति भएको संकेत गर्दछ।देशको दुर्भाग व्यवस्थापन केन्द्र (Disaster Management Center) का अनुसार मंगलबारसम्म मृतकको संख्या ४१० पुगेको छ, जबकि ३३६ जना अझै बेपत्ता रहेका छन्। खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको भए पनि प्रतिकूल मौसमले कठिनाइ बढाएको अधिकारीहरूको भनाइ छ।बाढीबाट हजारौँ घर प्रभावित भएका छन् र धेरै परिवारहरू स्थानान्तरण केन्द्रमा आश्रित छन्।

(सिन्ह्वा)

सम्पर्कमा रहनुहोस्