मंसिर १६, २०८२
आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न नपाउने पक्का भएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार आवश्यक कानुनी तयारी, दलीय सहमति र समय अभावका कारण बाह्य मतदान प्रणाली यसपटक लागू गर्न सम्भव नभएको आयोगले सरकारलाई जानकारी गराएको छ।यसअघि सर्वोच्च अदालतले विदेशस्थित नेपालीलाई मतदान अधिकार दिन आदेश दिए पनि आवश्यक व्यवस्थापन, प्राविधिक तयारी र कानुनी प्रक्रिया अघि बढ्न नसकेकाले लाखौँ मतदाताका मतदान अधिकार फेरि पनि रोकिएको छ।दोस्रो पटक पनि बाह्य मतदान लागू नहुँदा प्रवासी नेपाली समुदाय र अधिकारकर्मीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको भए पनि विदेशमा रहेका नेपालीहरू बारम्बार मतदान अधिकारबाट वञ्चित हुँदै आएका छन्।
![]()