मंसिर १३, २०८२
वाशिङटन
वाशिङटनमा दुई नेशनल गार्ड सदस्यमाथि भएको गोलीकाण्डको घटनापछि घाइते भएकी स्पेशालिष्ट साराह बेक्स्ट्रोमको सम्मानमा स्थानीय समुदायले सोमबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।बेक्स्ट्रोमकी साथीहरू कार्ली सोर्ट्स, एना फ्लेचर र सेरी हाइस सहितका व्यक्तिहरू एकत्रित भई प्रार्थना तथा श्रद्धाञ्जली समारोहमा सहभागी भएका थिए। कार्यक्रममा उपस्थितहरूले बेक्स्ट्रोमको स्वास्थ्यलाभको कामना गर्दै हिंसात्मक घटनाबारे चिन्ता व्यक्त गरेका थिए।स्थानीय प्रहरीले घटनाबारे थप जानकारी सार्वजनिक नगरे पनि अनुसन्धान जारी रहेको जनाएको छ।
एपी