वडा सदस्यसमेत जित्ने हैसियतका छैनन्

पुस २१, २०८२

काठमाडौँ — संवाददाता  ज्योति आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हालै विस्तार गरिएको केन्द्रीय समितिबारे पार्टीभित्रै असन्तोष बढ्न थालेको छ। केन्द्रीय समितिमा रहेकी एक नेतृले गोपनीय सर्तमा नेतृत्वले “योग्य टोली तयार गर्न नसकेको” आरोप लगाउँदै असन्तोष व्यक्त गरेकी छन्।उनका भनाइमा, केन्द्रीय तहमा ल्याइएका धेरैजना प्रभावकारी राजनीतिक पृष्ठभूमिबिनै अघि बढाइएका देखिन्छन्।
उनले भनिन्, “बालेनसँग गतिला मान्छे नै रहेनछन्। केन्द्रीय सदस्यमा ल्याइएकाहरूको नाम सुनेरै उदेक लाग्यो। अधिकांश वडा सदस्यसमेत जित्ने हैसियतका छैनन्।”पार्टीभित्रका केही अन्य नेताहरूले पनि परामर्श प्रक्रिया कमजोर देखिएको दाबी गर्दै “संगठनको गुणस्तरभन्दा संख्या बढाउने हतार” ले पार्टीप्रतिको भरोसामा असर पर्न सक्ने बताएका छन्। उनीहरूको भनाइमा, समयमै समीक्षा र सुधार नआए आन्तरिक असन्तोष थप चर्किन सक्छ।यस विषयमा पार्टी नेतृत्वको आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन। निकट भविष्यमै आन्तरिक छलफलमार्फत उठेका प्रश्नहरूको जवाफ दिने तयारी भएको बताइएको छ।

सम्पर्कमा रहनुहोस्