लन्डनमा स्मरण दिवस मनाइयो, प्रधानमन्त्री स्टार्मरले पुष्पमाला अर्पण

कार्तिक २४, २०८२

लन्डन, नोभेम्बर ९ — बेलायतमा आइतबार राष्ट्रिय “रिमेम्ब्रेन्स डे” (स्मरण दिवस) देशभर श्रद्धापूर्वक मनाइयो। द्वितीय विश्वयुद्ध र अन्य सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका सैनिकहरूको सम्झनामा राजधानी लन्डनको सेनोटाफ स्मारकमा आयोजित विशेष समारोहमा देशका प्रमुख नेताहरूले सहभागिता जनाए।प्रधानमन्त्री कियर स्टार्मर र विपक्षी कंजरभेटिभ पार्टीकी नेतृ केमी बाडेनोकले संयुक्त रूपमा पुष्पमाला अर्पण गर्दै युद्धमा बलिदान भएका सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गरे। समारोहमा राजपरिवारका सदस्य, सैनिक प्रतिनिधिहरू, पूर्वसैनिक तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो।बेलायतमा प्रत्येक वर्ष नोभेम्बर महिनाको दोस्रो आइतबार “रिमेम्ब्रेन्स डे” मनाइन्छ, जसले देशका सैनिकहरूको साहस, समर्पण र बलिदानलाई सम्झाउने परम्परा बोकेको छ। समारोहमा दुई मिनेटको मौन धारणसहित राष्ट्रिय गान बजाइयो।फोटो: बेलायती प्रधानमन्त्री कियर स्टार्मर र कंजरभेटिभ पार्टीकी नेतृ केमी बाडेनोक लन्डनको सेनोटाफ स्मारकमा स्मरण दिवसको अवसरमा पुष्पमाला अर्पण गर्दै, आइतबार, नोभेम्बर ९, २०२५।

(एपी फोटो/अलास्टेयर ग्रान्ट, पूल)

सम्पर्कमा रहनुहोस्