रोममा इटली र अल्बानियाका प्रधानमन्त्रीबीच भेटवार्ता

कार्तिक २७, २०८२

रोम, नोभेम्बर १३, २०२५ (एएफपी)
इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी र उनका अल्बानियाली समकक्षी एडी रामाबीच बिहीबार रोमस्थित भिला डोरिया पाम्फिली मा भेटवार्ता भएको छ।वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुबै नेताहरूले द्विपक्षीय सम्बन्ध सुदृढ पार्ने र आर्थिक तथा कूटनीतिक सहकार्यका नयाँ क्षेत्रहरूमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

(तस्बिर: एएफपी/तिजियाना फाबी)

सम्पर्कमा रहनुहोस्