मंसिर २, २०८२
मस्को, नोभेम्बर १८, २०२५ —
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजना गरिएको शाङ्घाई सहयोग संगठन (एससीओ) का सदस्य देशहरूको सरकार प्रमुखहरूको बैठकको क्रममा कजाखस्तानका प्रधानमन्त्री ओल्झास बेक्तेनोभसँग भेटवार्ता गरेका छन्।बैठक अघि दुवै नेताले औपचारिक रूपमा हात मिलाएर भेट सुरु गरेका थिए। एससीओ सदस्य राष्ट्रका सरकार प्रमुखहरूबीचको यो उच्चस्तरीय बैठकले क्षेत्रीय सुरक्षा, आर्थिक सहयोग र आपसी साझेदारीबारे महत्वपूर्ण छलफलमा केन्द्रित भएको बताइन्छ।रूसी राजधानी मस्कोमा आयोजित कार्यक्रममा सदस्य राष्ट्रका प्रतिनिधिहरूले आगामी वर्षका प्राथमिकता र बहुपक्षीय साझेदारीका एजेण्डाहरूमा चर्चा गरेका छन्।
AFP