कार्तिक १६, २०८२
गुल्मी, १६ कात्तिक (रासस) — गुल्मीको पवित्र तिर्थस्थल रूरू क्षेत्रको रिडीमा आइतबार भगवान ऋषिकेश र लक्ष्मीनारायणको रथ यात्रा भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा पञ्चे बाजा र भजनकीर्तनको बीच भक्तजनहरूले रथसँगै यात्रा गर्दै धार्मिक भक्ति र उत्सवको वातावरण सिर्जना गरेका थिए।स्थानीय धर्मावलम्बीहरूले रथ यात्रालाई सम्प्रदायिक एकता, धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक भएको उल्लेख गरेका छन्।
तस्बिर : जनार्दन घिमिरे / रासस