रास्वपा कार्यकर्ता संलग्न भएको आरोप

फाल्गुन १०, २०८२

@एस. एस.महत काठमाडौं

– राजधानीको खुल्लामञ्च नजिक गएराति विवेक थपलिया माथि खुकुरी प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार सामान्य विवादबाट सुरु भएको झगडा उग्र बन्दै जाँदा अपरिचित समूहले धारिलो हतियार प्रयोग गरी थपलियामाथि आक्रमण गरेको हो। आक्रमणमा उनको टाउको र हातमा गहिरो चोट लागेको बताइएको छ।घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उनलाई उपचारका लागि नजिकैको वीर अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार अत्यधिक रक्तस्रावका कारण उनको अवस्था चिन्ताजनक रहेको छ। हाल उनी सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्।

संलग्नताबारे आरोप, प्रहरी अनुसन्धान जारी

घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही कार्यकर्ता संलग्न भएको आरोप सार्वजनिक रूपमा उठाइएको छ। तर प्रहरीले यस विषयमा अहिलेसम्म कुनै राजनीतिक दल वा व्यक्तिको संलग्नता औपचारिक रूपमा पुष्टि नगरेको जनाएको छ।प्रहरीले घटनास्थल वरपरका सीसीटीभी क्यामेराको फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार घटना पुरानो रिसइबीसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ।आक्रमणमा संलग्न व्यक्तिहरू फरार रहेकाले विशेष टोली परिचालन गरी खोजी कार्य तीव्र

सम्पर्कमा रहनुहोस्