राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता अभिषेक जोशी

फाल्गुन ११, २०८२

@एस. एस.महत काठमाडौं

नेपालमा हिन्दुत्व र राजसंस्था सम्बन्धी राजनीतिक एजेन्डा बोकेका दलहरूको मतदाता आधार र सामाजिक यथार्थबीच ठूलो अन्तर देखिएको छ। सामाजिक सर्वेक्षणअनुसार देशको करिब ८० प्रतिशतभन्दा बढी जनसंख्या हिन्दु धर्मावलम्बी रहेको भए पनि राजनीतिक रूपमा उनीहरूको मत अपेक्षाअनुसार केन्द्रित छैन।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता अभिषेक जोशी ले यसलाई “ओठमा हिन्दु राष्ट्र र राजा, तर औँलामा अर्कै दलको मतपत्र” भन्दै सामाजिक यथार्थको ऐना प्रस्तुत गरेको बताएका छन्। उनका अनुसार झण्डै डेढ करोड मतदाता भएको देशमा हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको दलले जम्मा साढे ५ लाख मत पाउनु र जनताको अपेक्षा भने हरेक क्षेत्रमा ढाल बनिदिनु न्यायोचित हुँदैन।जोशीले सामाजिक र धार्मिक संकटका बेला जनता राप्रपाको आवाज खोज्छन्, तर मतदानको बेला ‘फेसबुकका योद्धा’ मात्र सक्रिय हुने अवस्था प्रकट भएको बताएका छन्। उनका अनुसार परिवर्तन साच्चै चाहिएको छ भने कम्तीमा ३० लाख मतको आधार निर्माण गर्न आवश्यक छ। शक्ति बिना भएको आवाज केवल रुवाबासी र नकारात्मक टिप्पणीमा सीमित रहन्छ।विश्लेषकहरूले मतदाता सचेतता र राजनीतिक सहभागिताको कमीले हिन्दुत्व र राष्ट्रिय पहिचान जस्ता मुद्दामा दोहोरो चरित्र सिर्जना गरेको टिप्पणी गरेका छन्। फेसबुकमा राजा र हिन्दु राज्यको कुरा गर्ने तर मतपत्रमा अन्तै छाप लगाउने प्रवृत्तिले न धर्मको संरक्षण गर्छ, न राष्ट्रियताको।जोशीको भनाइ अनुसार, अधिकार र पहिचानको माग अघि बढाउनुअघि कर्तव्य र सक्रिय समर्थनको आधार निर्माण गर्नु अनिवार्य छ। मतदाताले राजनीतिक एजेन्डा र आफ्ना मूल्यबीच सन्तुलन कायम गरेर मात्र स्थायी परिवर्तन सम्भव हुने चेतावनी दिएको छ।

सम्पर्कमा रहनुहोस्