मंसिर १८, २०८२
काठमाडौं – परम्परागत पर्व योमरी पूर्णिमाको दिन राजधानीको ऐतिहासिक वसन्तपुर डबली आज ज्यापु समुदायको सांस्कृतिक रौनकले भरिएको थियो। ज्यापु संस्कृत विकास कोषको आयोजनामा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस विविध सांस्कृतिक कार्यक्रम, बाजागाजा र समुदायिक सहभागितासहित भव्य रूपमा मनाइयो।कार्यक्रममा परम्परागत नेवारी पहिरनमा सजिएका सहभागीहरूले ध्याँ, न्ह्याकिन, भुस्या लगायतका बाजाहरू बजाउँदै डबली घुमे। संगीत, नृत्य र सांस्कृतिक प्रस्तुतीहरूले ज्यापु समुदायको इतिहास, पहिचान र सांस्कृतिक सम्पदालाई झनै उजागर गर्यो।वक्ताहरूले काठमाडौं उपत्यकाको सांस्कृतिक विकासमा ज्यापु समुदायको भूमिकालाई स्मरण गर्दै अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण आजको आवश्यकतामा जोड दिए। तीव्र शहरीकरणकै बीच ज्यापु समुदायले जगेर्ना गर्दै आएको कृषि, कला, संस्कृति र जीवनशैलीलाई सरल तर गहिरो पहिचानका रूपमा प्रस्तुत गरिएको भनाइ थियो।योमरी पूर्णिमाले धान कटानी सम्पन्न भएको संकेत गर्दै समृद्धिको कामना गर्ने पर्वका रूपमा पनि ज्यापु दिवसलाई विशेष अर्थ दिने गर्दछ।
तस्बिरः रत्न श्रेष्ठ / रासस