राजतन्त्रले स्वर्णिम वाग्लेलाई के कुरामा विभेद गर्‍यो?

माघ २५, २०८२

राजतन्त्रले स्वर्णिम वाग्लेलाई के आधारमा विभेद गरेको थियो भन्ने प्रश्न आज गम्भीर रूपमा उठ्न थालेको छ। किनकि उनी स्वयं स्वीकार गर्छन्— राजतन्त्रकै समयमा सिमान्तकृत र गरिब परिवारका जेहेन्दार सन्तानलाई छानी–छानी बुढानिलकण्ठ स्कुलमा राजाको छोरासँगै ल्याएर पढाइन्थ्यो।स्वर्णिम वाग्ले स्वयं पनि राजाकै छोरासँग बुढानिलकण्ठ स्कुलमा पढेका व्यक्ति हुन्। त्यही अवसरबाट उनले उच्च शिक्षा हासिल गर्दै अर्थशास्त्रीसम्मको यात्रा तय गरेका हुन्। यदि राजतन्त्र विभेदकारी नै थियो भने, एउटा सिमान्तकृत परिवारको बालक कसरी राजाको छोरासँग एउटै टेबलमा बसेर पढ्न पायो?उनले भनेझैँ, राजतन्त्रमा गरिब र सिमान्तकृतका प्रतिभावान सन्तानलाई अवसर दिइन्थ्यो भने, आज राजसंस्थाप्रति यति तीव्र वितृष्णा किन?

के कारण थियो त?
सायद—

राजाका छोराले आफूसँग ल्याएको टिफिन उनीसँग सेयर गरेनन्?

वा उनले मन पराउने केटीले राजाको छोरालाई लाइन मारिन्?

नत्र, आफूले सबै अवसर राजतन्त्रकै छायाँमा पाएर पनि आज त्यही संस्थामाथि विष वमन गर्नुपर्ने यथार्थ कारण देखिँदैन।

यदि उनी राजसंस्था हटाउन भूमिका खेल्ने कुनै शक्ति, एजेन्ट वा दलाल होइनन् भने, प्रश्न स्वाभाविक रूपमा उठ्छ—
👉 राजतन्त्रले उनलाई व्यक्तिगत रूपमा के अन्याय गर्‍यो?

आजको बहस राजतन्त्र बनाम गणतन्त्र मात्र होइन, कृतज्ञता, इमानदारी र अवसरको सही मूल्याङ्कन को पनि हो।
राजतन्त्रले अवसर दिएको इतिहास मेटाएर, त्यसैलाई गाली गर्नु बौद्धिक इमानदारी हो कि राजनीतिक अवसरवाद?

सम्पर्कमा रहनुहोस्