रवि लामिछानेलाई राष्ट्रप्रेमी जनताको कडा चेतावनी

फाल्गुन ८, २०८२

@सुनिल सिंह ,काठमाडौं सहकारी ठगी तथा हत्या प्रकरणमा आरोपित भनिएका, नेपाली नागरिकता त्यागेर पुनः जालसाजीपूर्ण तरिकाले नागरिकता लिएको आरोप खेपिरहेका व्यक्ति रवि लामिछाने ले हालै ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको सन्दर्भ जोड्दै व्यक्त गरेका अभिव्यक्ति तथा प्रयोग गरिएको अपशब्द र चेतावनीपूर्ण भाषाले देशलाई गम्भीर चिन्तातर्फ धकेलेको छ।श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको “चुनावले देश द्वन्द्व र रक्तपाततर्फ जान सक्छ” भन्ने सन्देशलाई आधार बनाएर रवि लामिछानेले प्रयोग गरेको उत्तेजक, गैरजिम्मेवार र अपमानजनक भाषा देशभक्त जनता, राष्ट्रको इतिहास, परम्परा र राष्ट्रिय भावनामाथिको प्रत्यक्ष आक्रमण हो।चुनाव नभए विदेशी शक्तिबाट मारिने डर , पार्टी सखाप हुने  विदेशी पैसाले पार्टी चलाएर देश सुम्पने सम्झौता भयको आशङ्का गरिय को छ । यस्ता भ्रामक र त्रास सिर्जना गर्ने कथनमार्फत जनतालाई आतंकित पार्ने प्रयास रवि लामिछानेको नियतमाथि गम्भीर प्रश्न उठाएको छ।यस घटनापछि राष्ट्रप्रेमी नेपाली जनतामा आक्रोश तीव्र रूपमा बढ्दै गएको छ। राजा, राष्ट्र र राष्ट्रिय एकतामाथि लक्षित कुनै पनि अपमानजनक, विभाजनकारी र इतिहासविरोधी अभिव्यक्ति अब सह्य नहुने स्पष्ट सन्देश जनस्तरबाट मुखर रूपमा आउन थालेको छ।यदि यस्ता गैरजिम्मेवार, भडकाउ र राष्ट्रविरोधी अभिव्यक्तिहरू तुरुन्त बन्द नगरिएमा, यसको कडा विरोध जनस्तरबाट हुने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै वहन गर्नुपर्ने कडा चेतावनी दिइन्छ।राष्ट्र, राजा र जनभावनासँग खेल्ने छुट कसैलाई छैन। देशप्रेमी जनताले रवि लामिछानेलाई स्पष्ट चेतावनी दिइसकेका छन्।

सम्पर्कमा रहनुहोस्