रवि लामिछानेको झुटको पर्दाफास……….

माघ २३, २०८२

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थासम्बन्धी दाबीमाथि गम्भीर प्रश्न उठेको छ। अस्पतालमा उपचारका क्रममा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा उनको दाहिने खुट्टामा घाउ देखिएको थियो। तर त्यसपछि चितवन पुगेपछि सार्वजनिक दृश्यहरूमा देब्रे खुट्टामा घाउ देखिएको दाबी सार्वजनिक भएसँगै यस विषयले तीव्र विवाद जन्माएको छ।सामाजिक सञ्जालमा फैलिएका तस्बिर र भिडियोको तुलनात्मक विश्लेषण गर्दै आलोचकहरूले “एकै चोट कसरी खुट्टा फेर्छ?” भन्ने प्रश्न उठाएका छन्। उनीहरूले यसलाई जनसहानुभूति बटुल्न गरिएको भ्रमपूर्ण प्रस्तुति भएको आरोप लगाइरहेका छन्। यस घटनालाई लिएर “झुटको पर्दाफास” भएको टिप्पणीहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका छन्।यस विषयमा रवि लामिछाने वा रास्वपाको तर्फबाट अहिलेसम्म स्पष्ट, आधिकारिक र चिकित्सकीय व्याख्या सार्वजनिक भएको छैन। फरक खुट्टामा समस्या देखिन सक्ने सम्भावनाबारे पनि कुनै औपचारिक जानकारी नआएकाले शंका अझ गहिरिँदै गएको छ।पहिले नै सहकारी ठगी लगायत विभिन्न विवादमा मुछिएको अवस्थामा स्वास्थ्यजस्तो संवेदनशील विषयमा देखिएको यो असंगत प्रस्तुतिले लामिछानेको व्यक्तिगत विश्वसनीयतामात्र होइन, “नयाँ राजनीति”को दाबी गर्ने पार्टीको नैतिक धरातलमाथि पनि प्रश्न उठाएको विश्लेषकहरूको टिप्पणी छ।

सार्वजनिक जीवनमा रहेका नेताले सानो विवरणमा समेत स्पष्टता दिन नसक्दा जनवि

सम्पर्कमा रहनुहोस्