@एन.बी.एम. क्षेत्री (यूएई) –
एनआरएनए एनसीसी, यूएईले यूएईमा क्रियाशील विभिन्न संघ–संस्था, भलिबल क्लब र भलिबलप्रेमी नेपाली खेलाडीहरूलाई आगामी भलिबल प्रतियोगितामा सहभागिता जनाउन निमन्त्रणा गरेको छ। प्रतियोगिता यूएईमा रहेका नेपाली खेलाडीहरूबीच मात्र सीमित रहनेछ।प्रतियोगिता
अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमअनुसार तथा
नेपाल भलिबल संघ (NVA) का नियम अनुरूप सञ्चालन गरिनेछ। प्रत्येक टिममा
१० जना खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी कुल १२ जना अनिवार्य रूपमा रहनेछन्। खेलसम्बन्धी प्राविधिक वा अन्य विवादमा रेफ्री र आयोजक समितिको निर्णय अन्तिम मानिनेछ।प्रतियोगितामा सहभागी टिमहरूले खेलको क्रममा लाग्ने चोटपटकको जिम्मेवारी आफैं लिनुपर्नेछ र प्राथमिक उपचार सामग्री स्वयं ल्याउनु पर्नेछ। खेलाडीहरूले
अनुशासनपूर्वक खेल प्रदर्शन गर्नुपर्नेछ भने
अभद्र व्यवहार, दुव्र्यवहार, अपशब्द प्रयोग वा मादक पदार्थ सेवन गरी मैदान प्रवेश गर्नेलाई यूएई प्रशासनको नियन्त्रणमा राखिनेछ।प्रतियोगिता
‘ए’ र ‘बी’ पोल प्रणालीमा सञ्चालन हुनेछ। तोकिएको समयमा उपस्थित नभएमा सम्बन्धित टिम स्वतः प्रतियोगिताबाट बाहिरिनेछ। साथै, टिम क्याप्टेन वा व्यवस्थापकले
खेल समयभन्दा कम्तीमा ३० मिनेट अघि अफिसियल डेस्कमा सम्पर्क गर्नुपर्नेछ।
टिम दर्ता र टाइसिट
दर्ता अन्तिम मिति: १८ जनवरी २०२६, साँझ ६:०० बजे
दर्ता शुल्क: १२५० दिराम
टाइसिट: १८ जनवरी २०२६ (आइतबार), साँझ ७:३० बजे
स्थान: सयपत्री ट्राभल वर, दुबई बसपार्क पेट्रोल पम्प नजिक
टाइसिटमा प्रत्येक टिमबाट एक प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्नेछ।
टाइसिट कार्यक्रम एनआरएनए एनसीसी, यूएईको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
पुरस्कार राशिहरु
प्रथम पुरस्कार: ११,१११ दिराम, कप, मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार: ६,६६६ दिराम, कप, मेडल र प्रमाणपत्र
तेस्रो पुरस्कार: ३,३३३ दिराम, कप, मेडल र प्रमाणपत्र
विधागत पुरस्कारहरु
प्रतियोगितामा व्यक्तिगत उत्कृष्टताको लागि पनि विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ। पुरस्कारमा समावेश छन्:
उत्कृष्ट खेलाडी
बेस्ट स्पाइकर
बेस्ट लिब्रो
बेस्ट सेटर
बेस्ट सर्भर
बेस्ट ब्लकर
बेस्ट कोच
एनआरएनए एनसीसी, यूएईले प्रतियोगितालाई यूएईस्थित नेपाली खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने अवसरका रूपमा हेरिरहेको छ र सबै टिम तथा खेलाडीहरूलाई सम्पूर्ण उत्साहका साथ सहभागी हुन आह्वान गरेको छ।