कुटनीतिक मामिला पत्रकार जगदीश्वर पाण्डे

मंसिर २५, २०८२

खेलकुद पत्रकारितामा ५ वर्ष विताएपछि सन् २०१४ मा नेपालमा भएको १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को रिर्पोटिङमार्फत युवा पत्रकार जगदीश्वर पाण्डेले कुटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय मामिला रिर्पोटिङ गर्न थाले । त्यसपछि मात्र पाण्डेले अनवरत रुपमा नेपालको द्धीपक्षीय र बहुपक्षीय मामिलामा रिर्पोटिङ गर्ने, लेख लेख्ने र विश्लेषण गर्ने काम गर्दै आइरहेका छन् । पाण्डे हाल नेपालकै लोकप्रिय तथा पहिलो कुटनीतिक मामिला सम्बन्धी अंग्रेजी पत्रिका ‘द डिप्लोम्याट नेपाल म्यागजिन’ का सम्पाक हुन् । उनको सफल नेतृत्वमा मासिक म्यागजिन र त्यसको अनलाइन डिप्लोम्याट नेपाल डटकम सञ्चालन भइरहेको छ । साथै, उनको कामलाई लिएर सर्वत्र प्रसंशा र चर्चा भइरहेको छ । उनले सम्पादकको जिम्मेवारीका साथै पछिल्लो समय अनुसन्धान मुलुक लेखमा समेत काम गरिरहेका पाण्डेले छोटो समयमै कुटनीतिम मामिला र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी रिर्पोटङमा महत्वपूर्ण योगदान दिइरहेका छन् । नुवाकोट जिल्ला तादी गां“उपालिका–४ का पत्रकार पाण्डेले कान्तिपुर दैनिकको खेलुकद ब्यूरोमै रहदा सन् २०१४ को फेब्रुअरीमा २५ वर्षको युवा उमेरमै ‘विश्व टी–ट्वान्टी क्रिकेटका सारथीहरु’ नामको पुस्तक ल्याएका थिए । उक्त किताबमा सोहि वर्ष बंगलादेशमा हुन लागेको विश्व टी–ट्वान्टी क्रिकेटमा सहभागि हुने नेपालको राष्ट्रिय टोलीको बारेमा लेखिएको थियो । पाण्डेले नेपालको रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारितामा स्नातक तह र अग्रेंजी साहित्यमा स्नातकोत्तर गरेका हुन् । त्यसपछि उनले सन् २०१४ मा भारतको प्रतिष्ठित पत्रकार अध्यापन गराउने संस्था इन्डिएन इस्टिच्युट अफ मासकम्न्युनिकेसन (आईआईएमसी) मा डेभ्पलेपमेन्ट जर्नालिज्जम कोर्स पनि गरेका छन् । ‘उक्त चार महिने कोर्स मेरो लागि निकै उपयोग रह्यो । किनकी उक्त अवशरमा मैले संसारभरका २२ मुलुकका २५ जना साथीहरुस“ग एउटै कोठामा बसेर पढ्ने र स“गै घुम्ने र विचारहरु आदान–प्रदान गर्ने मौका पाए“ । त्यसले मेरो अन्तर्राष्ट्रिय हेराइलाई फराकिलो बनाइदियो,’ पाण्डे भन्छन्,‘दिल्लीबाट फर्केपछि मैले अन्तर्राष्ट्रिय मामिला सम्बन्धी रिर्पोटिङमा अघि बढ्छु भन्ने अठोट गरें ।’ पछि फेरि सन् २०१७ मा भारतको चर्चित दक्षिणी शहर चेन्नाईमा पत्रकारितामा ‘पोष्ट डिप्लोमा कोर्स’ गरे । पाण्डेले आफ्नो रुची अनुसारै उक्त कोर्सका दौरान ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ विषय पनि पढें । जसले पाण्डेको अन्तर्राष्ट्रिय र कुटनीतिक मामिला रिर्पोटिङमा निखार ल्याउने काम गर्यो । ‘चेन्नाईमा मैले दक्षिण एसिया, पश्चिम एसिया र संसारका अन्य क्षेत्रको भूराजनीतिक मामिला तथा विश्वका ठूला र महत्वपूर्ण विषयमा अध्ययन गर्ने र सिक्नु अवशर पाए“,’ पाण्डे सम्झन्छन् । चेन्नाईमा १० महिना पढेर आएपछि पाण्डे कान्तिपुर दैनिक छाडेर नेपालको चर्चित अंग्रेजी पत्रिकार ‘द हिमालयन टाइम्स’ मा काम गरे । उनले त्यहा“ १४ महिना बिताएर फेरि फर्किए । पाण्डेले ‘द हिमालय टाइम्स’ मा मुलुकको ठूला राजनीतिक दलहरु, मन्त्रीपरिषद्, संसद र यसका समितिहरु तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायत विषयमा रिर्पोटङ गरे । उनी सन् २०१९ मा फेरि कान्तिपुर दैनिकमै फर्किए र त्यसपछि लगातार रुपमा कुटनीतिक मामिलामा रिर्पोटङ गरिरहेका छन् । पाण्डेले नेपालका ठूला र महत्वपूर्ण कुटनीतिक घटनाक्रम बारे लगातार रुपमा रिर्पोटिङ गर्ने र त्यसलाई विश्लेषण गर्ने काम गरिरहेका छन् । उनले विगत ७ वर्षदेखि त नेपालका प्रधानमन्त्रीहरु, परराष्ट्रमन्त्रीहरु त्था अन्य महत्वपूर्ण विदेश मामिलामा रिर्पोटिङ गर्दै आइरहेका छन् । नेपालले सहभागिता जनाउने बहुपक्षीय संस्थाहरु संयुक्त राष्ट्र संघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेक लगायत अन्तर्राष्ट्रिय क्षेत्रीय र महत्वपूर्ण संगठनहरुको सत्य–तथ्य रुपमा रिर्पोटङ गर्दै आइरहेका छन् । उनले नेपालको दुई छिमेकी भारत र चीनस“गको उतार उढापपूर्ण सम्बन्धदेखि सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणहरुलाई पाठकलाई पस्कने काम गरेका छन् । साथै, विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाबाट हुने भ्रमणहरुको पनि पाण्डेले रिर्पोटिङ गर्दै आइरहेका छन् । कुटनीतिक मामिला रिर्पोटङमा राम्रो रिर्पोटिङ गरेकै कारणले गर्दा ३५ वर्षीय पाण्डेले विश्वभरबाट भएको प्रतिस्पर्धामा उत्कृष्ट १९ भित्र परेर सन् २०२१ मा संयुक्त राष्ट्र संघको ७६ औं महासभाको दौरान मुख्यालयले ‘यूएन राफ फेलोसिप’ प्रदान गरेको थियो । जुन कोभिड–१९ को कारण भर्चुअल रुपमा भएको थियो । उक्त अवशरमा पाण्डेले यूएनको बारेमा नेपालमै बसेर जान्ने, बुझ्ने र रिर्पोटिङ गर्ने अवशर पाएका थिए । दुई वर्षपछि सन् २०२३ पाण्डे ७८ औं महासभाका दौरान फेरि प्रतिस्पर्धात्मक रुपमा विश्वभरबाटै यूएनको ‘यूएन राफ फेलोसिप’ मा छनोट भए । उनी न्यूर्योक नै गएर रिर्पोटिङ पनि गरे । ‘सन् २०२३ मा इजरायल र लेबनान बीचको संवेदनशील क्षेत्र संयुक्त राष्ट्र संघले कोरिदिएको ‘ब्यु लाइन’ क्ष्ँेत्रमा गएर स्थलगत रिर्पोटङ गरेको थिए“ । साथै, विश्व शान्तिमा नेपालसहित विश्वका विभिन्न मुलुकका शान्ति सैनिकहरुले खेलेको भूमिका बारे रिर्पोटिङ गरेको थिए । र, कुटनीतिक मामिला र बहुपक्षीय कुटनीतिको विषयमा राम्रो रिर्पोटङ गरेको थिए“ । त्यहि कारणले गर्दा मैले फेलोसिप पाए“ जस्तो लाग्छ,’ पाण्डे भन्छन् । उक्त अवशरमा पाण्डेले राष्ट्र संघको संरचना, सञ्चालन बारेमा बुझ्ने, राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससहित उच्च अधिकारीहरुस“ग भेटवार्ता गर्ने तथा बहुपक्षीय कुटनीति सञ्चालन र नेपालको भूमिकाको बारेमा बुझने र जान्ने अवशर पाए । जसलाई उनले नेपाली पाठक माझ पनि पस्किए । पाण्डे अमेरिकाबाट भर्खरै सकिएको संयुक्त राष्ट्र संघको ७९ औं महासभाको रिर्पोटिङ गरेर नेपाल फर्केका हुन् । ‘महासभामा गएर बहुपक्षीय विषयमा रिर्पोटिङ गर्नु र अन्य बेलामा गर्ने द्धीपक्षीय रिर्पोटिङमा धेरै फरक हुन्छ । द्धीपक्षीयमा एउटै विषय र दुई पक्षको बारेमा मात्र ध्यान दिए पुग्छ । तर महासभा हु“दा भने बहुपक्षीय मामिलाको बारेमा एकै पटक ध्यान दिएर रिर्पोटिङ गर्नु पर्ने हुन्छ । नत्र एउटा काम गर्दा अर्को महत्वपूर्ण विषय नै सकिएको हुन्छ ।’ पाण्डेले कुटनीतिक मामिलामा गरेको महत्वपूर्ण रिर्पोटङको कदर गर्दै सन् २०२३ मा प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल राष्ट्रिय युवा प्रतिभा पुरस्कारमार्फत सम्मान पनि गर्यो । साथै, अमेरिकामा रिर्पोटिङकै दौरान न्यु जर्सी राज्यका काउसिन्ल प्रेसिडेन्ट अफिसले पाण्डेलाई सम्मान गरेको थियो । पाण्डेले कान्तिपुरकै अर्को प्रकाशन ‘दी काठमान्डु पोष्ट’ मा पनि लेखिरहेका हुन्छन् । उनले बंगलादेशबाट प्रकाशित हुने चर्चित पत्रिका ‘द डेली सन’ मा दक्षिण एसिया मामिलाका विषयमा अन्तर्राष्ट्रि विज्ञको रुपमा लेखहरु लेखिरहेका हुन्छन् । साथै, नेपालमा रहेका अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने विभिन्न थिंक ट्यांकस“ग मिलेर पाण्डेले काम गरिरहेका हुन्छन् । पत्रकार पाण्डे अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति र अन्य कुटनीतिक मामिलामा रिर्पोटिङका साथै घटना र विषयवस्तुलाई विश्लेषण गर्ने तथा अनुसन्धानात्मक खेलहरु लेख्न काम गरिरहन्छन् । अन्त्यमा सम्पादक पाण्डे भन्छन्, ‘नेपाल जस्तो भूराजनीतिक रुपमा महत्वपूर्ण मुलुकमा कुटनीतिक मामिलामा कदम चलाउनु नै चुनौतिपूर्ण हुन्छ । त्यसमा पनि कुटनीतिक मामिला सम्बन्धि पत्रिका र अनलाइनको सम्पादक भएर काम गर्नु अर्को चुनौति हो । तर आफ्नो ज्ञान, क्षमता र अनुभवले भ्याएसम्म स्तरीय काम गर्दै जानेछु ।’

सम्पर्कमा रहनुहोस्