युवराज्ञी हिमानीद्वारा ललितपुर कुमारीको विधिवत दर्शन–पूजा

कार्तिक ३०, २०८२

ललितपुर, आज।
युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह ले आज बिहान ललितपुरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन तथा विधिवत पूजा गर्नुभएको छ।पूजा–अर्चना कुमारी घरका परम्परागत पुजारी तथा गुठी प्रतिनिधिहरूको উপস্থিতिमा सम्पन्न भएको थियो। युवराज्ञीले राष्ट्र–कल्याण, शान्ति तथा समृद्धिका लागि कुमारीसँग आशीर्वाद लिएको बताइएको छ।नेपालको राष्ट्रदेवी राजराजेश्वरी तुलजा भवानी माता (तलेजु अजु) को शक्ति–स्वरूप जीवित देवी कुमारीको दर्शन गर्नु १०८ कुमारी पूजाको फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यही मान्यताअनुसार आज गरिएको पूजा विशेष महत्वका रूपमा हेरिएको छ।युवराज्ञी हिमानीको उपस्थितिले ललितपुर दरबार क्षेत्रमा धार्मिक उत्साह र सांस्कृतिक गरिमाको अनुभूति थपिएको थियो। पूजा कार्यक्रम शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएको कुमारी घर स्रोतले जनाएको छ।

@एस आचार्य

सम्पर्कमा रहनुहोस्