युनिटी कप टी–२० सिरिज : नेपाल अन्तिम खेलमा पराजित, सिरिज २-१ ले जित्यो

अशोज १५, २०८२

"राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौं, अक्टोबर १ : संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा सेप्टेम्बर ३० राति सम्पन्न युनिटी कप टी–२० सिरिजको तेस्रो र अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको छ । यससँगै वेस्ट इन्डिजले सिरिजमा पहिलो जित निकालेको हो।तर यसअघि पहिलो दुई खेलमा ऐतिहासिक जित हात पारेको नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा सुरक्षित गरिसकेको थियो। दुई पटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजविरुद्ध नेपालले पहिलो खेल १९ रनले जितेको थियो भने दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै ९० रनको विशाल अन्तरले विजय हासिल गरेको थियो।अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२२ रनमा समेटियो। १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १२.२ ओभरमै कुनै विकेट नगुमाई सजिलै लक्ष्य भेट्टायो।वेस्ट इन्डिजका ओपनर आमिर जाङ्गू उत्कृष्ट प्रदर्शन गर्दै ४५ बलमा नटआउट ७४ रन बनाए। अर्का ब्याटर एकिम अगस्टे पनि नटआउट रहँदै ४१ रन जोडे र टोलीलाई जित दिलाए।

सम्पर्कमा रहनुहोस्