युएई– भ्रमण भिसा खोलिए पनि रोजगार भिसा अझै खुलेको छैन, टिकटकका ठगीपूर्ण सूचना

मंसिर १२, २०८२

अबुधाबी – युएईले भ्रमण (Visit) भिसा सामान्य रूपमा सञ्चालन गरेको छ र पोलिस रिपोर्ट (Police Clearance) लिएर पनि आवेदन दिन सकिने जानकारी आएको छ। तर, रोजगार (Employment) भिसा भने आधिकारिक रूपमा खुला गरिएको छैन।यतिबेला सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा गलत जानकारी र प्रलोभनपूर्ण भिडियोहरू राखेर युवाहरूलाई ठगी गर्ने समूहहरू सक्रिय रहेको भन्दै विज्ञहरूले सतर्क रहन आग्रह गरेका छन्।
कतिपय सामग्रीमा “रोजगार भिसा खुलेको छ”, “हरेकलाई सजिलै जीसी मिल्छ” भनेर प्रचार गरिए पनि युएईका सरकारी निकायहरूले त्यसबारे कुनै आधिकारिक घोषणा नगरेको स्पष्ट पारेका छन्।रोजगार भिसा नखुल्दा कतिपय नेपाली कामदारहरू अलमलमा परेका छन्। विशेषज्ञहरूका अनुसार, सरकारी स्रोत वा आधिकारिक वेबसाइटले मात्र दिएको जानकारीमा भर पर्नु आवश्यक छ।

@एन.बि.एम. छेत्री

सम्पर्कमा रहनुहोस्