यामल तीन अवार्ड हात पारे; बार्सिलोनामा उत्साह
@एस.आचार्य दुबई
स्पेनका युवा आक्रमणकारी लामिन यामल ग्लोब सोकर अवार्ड्स २०२५ मा सबैभन्दा बढी ध्यानाकर्षण गर्ने खेलाडी बने। १८ वर्षीय यामलले ‘माराडोना अवार्ड’, ‘बेस्ट फर्वार्ड अफ द इयर’ तथा ‘बेस्ट U-23 ला लिगा प्लेयर’ गरी तीन शीर्ष अवार्ड प्राप्त गरे।ला लिगामा बार्सिलोनाबाट खेल्ने यामलले निरन्तर खेल समय पाएका केही युवा खेलाडीमध्ये एक हुन्। क्लबका मुख्य प्रशिक्षक हन्सी फ्लिक, जसलाई अवार्डमा ‘बेस्ट ला लिगा कोच’ पनि घोषणा गरिएको थियो, यामलको अनुशासन, खेल बुझाइ र निर्णायक क्षणमा योगदानको प्रशंसा गर्दै आएका छन्।स्पेनिश प्रेसका अनुसार यामललाई “भावी विश्वस्तरको खेलाडी” को रूपमा हेरिएको छ तर अवार्डपछि उनले संयमित प्रतिक्रिया दिएका थिए:
“म अझै सिक्दै छु। पुरस्कारले जिम्मेवारी बढाएको छ।”
विश्लेषकहरूको भनाइमा, बार्सिलोनाले अहिलेको संरचनामा यामललाई ‘दीर्घकालीन परियोजना’का रूपमा हेरिरहेको छ।