मोल्दोभामा रूसी ड्रोन खस्दा तनाव बढ्यो, राजदूत समन

मंसिर १०, २०८२

चिसिनाउ, मोल्डोभा — मोल्डोभाको वायु क्षेत्रमा पछिल्ला दिनहरूमा उडान भरिरहेको भेटिएका रूसी बनावटका केही ड्रोन सम्बन्धी घटनापछि मोल्डोभा सरकारले रूसी राजदूत ओलेग ओजेरेभलाई समन गरेको छ। देशको सार्वभौमिक हवाई क्षेत्र उल्लङ्घन भएको भन्दै सरकारको कडा चिन्ता व्यक्त गरिएको छ।मोल्डोभा प्रहरीले नोभेम्बर २५, २०२५ मा फुलेस्ती (Floresti) जिल्लामा खसेको रूसी–निर्मित Gerbera ड्रोन बरामद गरेको थियो। बरामद गरिएको ड्रोनलाई भोलिपल्ट, नोभेम्बर २६, परराष्ट्र मन्त्रालय (MAEIE) को प्रवेशढोकाको सीढीमा सार्वजनिक रूपमा प्रदर्शन गरिएको छ।अधिकारीहरूका अनुसार युक्रेन–रूस संघर्ष चर्किरहेको समयमा मोल्डोभाको उत्तरी क्षेत्र भएर विभिन्न दिशामा ड्रोन उडान भएको देखिएको छ। यिनै घटनाक्रमको पृष्ठभूमिमा सरकारको अनुरोधअनुसार रूसका राजदूतलाई बोलाइएर औपचारिक स्पष्टीकरण माग गरिएको हो।मोल्डोभा सरकारले ड्रोन गतिविधिलाई “गम्भीर सुरक्षा चुनौती” भन्दै सर्वोच्च तहमा निगरानी बढाएको जनाएको छ। हालसम्म जनधनको क्षति भएको रिपोर्ट भने सार्वजनिक गरिएको छैन।AFP का फोटोग्राफर एलेना कोभालेन्कोले खिचेका तस्वीरमा बरामद गरिएको Gerbera ड्रोन परराष्ट्र मन्त्रालयको सीढीमा

AFP

सम्पर्कमा रहनुहोस्