मेयर हमालको जोड:

पुस १५, २०८२

@एस.आचार्य  धनगढी —

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आसन्न चुनावको सन्दर्भमा मतदातालाई गरिबी घटाउने ठोस योजना (रोडम्याप) माग्न आग्रह गरेका छन्।उनका अनुसार चुनाव नजिकिँदै जाँदा नेताहरू घर–घर आइपुग्ने भए पनि जनताले अब भावनाभन्दा कार्ययोजनामा भरोसा गर्ने समय आएको छ।मेयर हमालले भने:“चुनाव आउँलान्, नेताहरू आउँलान्। आम जनताले अब सोच्नुपर्ने के बाध्यता छ भने — रोडम्याप के त? गरिबी घटाउन कुन दलसँग, कुन उम्मेदवारसँग के योजना छ? त्यो माग्नु होला, अध्ययन गर्नु होला। यदि यो भएन भने सुदूरपश्चिम कहिल्यै बन्दैन।”उनले सबै दल र उम्मेदवारलाई जनतामुखी योजना सार्वजनिक गर्न आग्रह गर्दै थपे कि:“तपाईं आउनुभएपछि यो गरिबी कसरी घट्छ? तपाईंको plan के हो? त्यो plan नै मागौँ — अनि उपयुक्त पात्र छानौँ।”हमालका अनुसार चुनावी बहसलाई रोजगारी, आयवृद्धि र गरिबी निवारण जस्ता वास्तविक मुद्दामा केन्द्रित नगर्ने हो भने सुदूरपश्चिमको रूपान्तरण कठिन बन्ने चेतावनी समेत दिए।

सम्पर्कमा रहनुहोस्