मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

माघ २५, २०८२

काठमाडौँ, २५ माघ — मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा हुनुभएको छ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो ले जनाएको छ। साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपकराज अवस्थी ले राससलाई उक्त जानकारी दिनुभएको हो।प्रसाईंलाई शुक्रबार काठमाडौँबाट पर्साको वीरगञ्जतर्फ जाँदै गर्दा दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्र बाट प्रहरीले पक्राउ गरेको थियो।यस घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

सम्पर्कमा रहनुहोस्