कार्तिक ३०, २०८२
मेक्सिको सिटी, नोभेम्बर १५, २०२५ —
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेइनबामको सरकारविरुद्ध राजधानी मेक्सिको सिटीको ऐतिहासिक जो्कालो स्क्वायरमा विशाल प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा आन्दोलनकारी र दंगा नियन्त्रण प्रहरीले आमनेसामने झडप भएको अंतर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।मुख्यत: जेन Z पुस्ताका सयौँ युवाहरू सरकारको नीति तथा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सडकमा उत्रिएका थिए। उनीहरूले सरकारी निर्णयहरू पारदर्शी नभएको, बेरोजगारी बढ्दै गएको र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगिएको आरोप लगाएका छन्।झडपपछि प्रहरीले भीडलाई तितरबितर पार्न बल प्रयोग गरेको थियो। केही प्रदर्शनकारी पक्राउ परेका तथा केही घाइते भएको बताइए पनि आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन।यो विरोधले मेक्सिकोमा बढ्दो राजनीतिक तनाव झनै सतहमा आएको छ। राष्ट्रपति शेइनबामको प्रशासनले भने “शान्तिपूर्ण संवादका लागि ढोका खुला रहेको” प्रतिक्रिया दिएको छ।
(तस्बिर: रेबेका हेरेरा / AFP)