मंसिर ३, २०८२
ब्याङ्कक, थाइल्यान्ड — वार्षिक मिस युनिभर्स प्रतियोगिताको तीन दिन अघि, निर्णायक प्यानलका एक सदस्य अचानक राजीनामा दिएपछि प्रतियोगितामा विवाद उत्पन्न भएको छ।लेबनानी‑फ्रेञ्च संगीतकार ओमार हारफौचले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको कारण सार्वजनिक गर्दै भनेका छन् कि उनलाई “गहिरो भ्रम र चिन्ता” महसुस भएको थियो। कारण, असली निर्णायक सदस्यहरूको उपस्थितिविना ‘असंगठित जुरी’ बनाइएको थियो र यसले टप ३० फाइनलिस्टहरू अग्रिम रूपमा चयन गरेको आरोप लगाइएको छ।
हारफौचले थप बताए,
“यो चयनको नतिजा हाल वास्तविक निर्णायकहरूबाट गोप्य राखिएको छ।”
प्रतियोगिता आयोजकले भने यसबारे आधिकारिक टिप्पणी गरिसकेको छैन। यस घटनाले प्रतियोगिता तथा यसको पारदर्शितामा प्रश्न उठाएको छ।
AFP