मिथिला बिहारी नगरपालिकाका वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या

कार्तिक २९, २०८२

जनकपुर, २८ कात्तिक । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ।स्थानीयका अनुसार आज साँझ करिब ६ बजे वडाध्यक्ष यादवमाथि गोली प्रहार भएको थियो। गोली हानेपछि आक्रमणकारीहरू घटनास्थलबाट फरार भएका छन्।गम्भीर घाइते भएका यादवलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ।प्रहरीले घटनामा संलग्न आक्रमणकारीहरूको खोजी तथा अनुसन्धान तीव्र पारेको जनाएको छ।

@एस आचार्य

सम्पर्कमा रहनुहोस्