महेन्द्रनगर बजारमा स्व. श्री ५ महाराजधिराज महेन्द्र वीर विक्रम शाह देवको शालिक स्थापना

फाल्गुन ४, २०८२

कञ्चनपुर — महेन्द्रनगर बजार क्षेत्रमा स्व. श्री ५ महाराजधिराज महेन्द्र वीर विक्रम शाह देव को शालिक स्थापना गरिएको छ। आकर्षक र कलात्मक ढंगले निर्माण गरिएको उक्त शालिकले बजार क्षेत्रको सौन्दर्य थप बढाएको छ।स्थानीयवासीका अनुसार शालिक स्थापना ऐतिहासिक सम्मान र पहिचानको प्रतीकका रूपमा गरिएको हो। शालिक सार्वजनिक भएपछि स्थानीय नागरिक, व्यवसायी तथा आगन्तुकहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्।स्थानीयवासीहरूले यो शालिकले  महेन्द्रनगरको  ऐतिहासिक महत्व झल्काउनुका साथै भावी पुस्तालाई इतिहासप्रति सचेत गराउने विश्वास व्यक्त गरेका छन्।

सम्पर्कमा रहनुहोस्