महाषड्यन्त्रको खुलासा: सहकारी ठगलाई उन्मुक्ति र नेपाललाई ‘ब्ल्याक लिस्ट’ तिर धकेल्ने गगन-रास्वपा ‘नेक्सस’ !
@एस.आचार्य काठमाडौँ ।
नेपाल अहिले एउटा यस्तो भयानक राजनीतिक प्रयोगशाला बन्दैछ, जहाँ देशको अर्थतन्त्रलाई दाउमा राखेर केही सिमित पात्रहरूलाई सत्ताको शिखरमा पुर्याउने "ग्रान्ड डिजाइन" बुनिएको छ। सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलाई "क्लिन चिट" दिने प्रपञ्च र सम्पत्ति शुद्धीकरणका मुद्दाहरू ढिसमिस पार्ने खेल यसै महाषड्यन्त्रको एउटा सानो हिस्सा मात्र हो।
१. गगन-रास्वपा भित्री साँठगाँठ: के यो 'जेन-जी' आन्दोलनको असली रूप हो?
अहिले देखिएको सडकको आक्रोश र 'जेन-जी' (Gen-Z) भनिएको युवा आन्दोलनको पर्दा पछाडिका असली खेलाडीहरू गगन थापा र रास्वपाको नेतृत्व रहेको तथ्य बिस्तारै खुल्दै गएको छ। बाहिर हेर्दा विरोधी देखिए पनि, भित्रभित्रै पुराना दलका केही पात्र र नयाँ भनिएकाहरूको एउटै लक्ष्य छ— "वर्तमान व्यवस्थालाई अस्थिर बनाएर शक्ति कब्जा गर्ने।" यस योजनाअनुसार, भोलि संसद पुन:स्थापना होस् या मध्यावधि चुनाव, जुनसुकै बाटोबाट पनि गगन थापालाई प्रधानमन्त्रीको कुर्सी सुम्पने र रास्वपालाई त्यसको सारथी बनाउने भित्री सहमति भएको देखिन्छ।
२. स्वर्णिम वाग्लेको भूमिका र रास्वपाको भविष्य
यो षड्यन्त्रको अर्को कडी हो— स्वर्णिम वाग्लेलाई रास्वपाको सभापति बनाउनु। रवि लामिछानेलाई सहकारी काण्डमा जेल हाल्ने वा किनार लगाउने र बौद्धिक मुखुण्डो भिरेका स्वर्णिमलाई पार्टी सुम्पिएर गगन थापासँग सिधै "मर्जर" वा बलियो गठबन्धन गर्ने तयारी छ। यसले अन्ततः गगनलाई प्रधानमन्त्री र स्वर्णिमलाई अर्थतन्त्रको साँचो सुम्पिएर विदेशी शक्तिहरूको "प्रयोगशाला" नेपाललाई बनाउने निश्चित छ।
३. देश ब्ल्याक लिस्टमा: नेपालीलाई 'जेलेन्स्की' बनाउने खेल!
सहकारी ठगहरूलाई जोगाउनुको सिधा अर्थ नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक 'ब्ल्याक लिस्ट' मा धकेल्नु हो। जब महान्यायाधिवक्ताको कार्यालयले राजनीतिक दबाबमा मुद्दा फिर्ता लिन्छ, तब FATF ले नेपाललाई आर्थिक रूपमा प्रतिबन्ध लगाउनेछ।
* नतिजा: हाम्रो रेमिटेन्स रोकिनेछ, डलरको अभाव हुनेछ र देश युक्रेनको जस्तै भयावह अवस्थामा पुग्नेछ।
* जसरी युक्रेनमा जेलेन्स्कीलाई अघि सारेर देश बर्बाद गरियो, नेपालमा पनि केही "सेलिब्रेटी" नेताहरूलाई अघि सारेर देशलाई विदेशीहरूको खेलमैदान बनाइँदैछ।
४. सुशासनको मुकुण्डो र 'रामराज्य' को भ्रम
गगन, रवि र छविहरू सबै निर्दोष देखिने, तर जनताको पैसा लुकाउनेहरूले नै राज्य कब्जा गर्ने यो कस्तो सुशासन हो? यो सुशासनको 'कास्टिङ' मात्र हो, असली फिल्म त देशलाई कङ्गाल बनाएर विदेशीको हातमा सुम्पिनु हो। सेनालाई कमजोर बनाउने र नागरिकलाई सडकमा रोइढोई गर्न बाध्य पार्ने यो खेलले नेपालको अस्तित्व नै संकटमा पारेको छ।
होसियार नेपाली जनता! अहिलेको यो आन्दोलन र राजनीतिक नाटक केवल केही पात्रलाई प्रधानमन्त्री बनाउन र ठगहरूलाई जेलबाट जोगाउनका लागि मात्र हो। यदि हामीले समयमै यो "महाषड्यन्त्र" बुझेनौँ भने, भोलि नेपालको नक्सा त होला, तर यसको अर्थतन्त्र र स्वाभिमान विदेशीको कब्जामा हुनेछ।