मंसिर १, २०८२
काठमाडौं — नवप्रवर्तन अभियन्ता महावीर पुनले हाल देशभर तीव्र रूपमा राजनीतिक दलहरूको संख्या बढ्दै गएको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले पार्टीहरूको अत्यधिक विखण्डनले राजनीतिक स्थिरता कमजोर बनाउने र विगतका दुर्बल शासन प्रणाली दोहोरिन सक्ने चिन्ता व्यक्त गरेका छन्।पुनका अनुसार दलहरूको अनियन्त्रित वृद्धि “जाली–फटाहा र छलकपट गर्ने चरित्रका व्यक्तिहरू पुनः प्रभावशाली बन्ने वातावरण” सिर्जना गर्न सक्छ। उनले यस्तो अवस्थाले जनतामा रहेको भरोसा घटाउँदै देशलाई पुनः अनिश्चिततामै धकेल्ने सम्भावना रहेको बताएका छन्।हाल देशमा दर्ता भएका नयाँ राजनीतिक दलहरूको संख्या बढिरहेको पृष्ठभूमिमा पुनको टिप्पणीबारे सामाजिक सञ्जालमा व्यापक छलफल भइरहेको छ। धेरै प्रयोगकर्ताले राजनीतिक स्थिरताबारे उठाइएको चिन्तालाई समर्थन गरेका छन्, भने केहीले विविध विचार र प्रतिनिधित्वका लागि नयाँ दल आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।@एन.बि.एम.छेत्री