मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मंसिर ८, २०८२

मलेसियामा हालै आएको बाढीको कारण दश हजार भन्दा बढी मानिसहरूलाई विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबै भन्दा बढी प्रभावित भएको अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । लामो समय देखि भइरहेकोे भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित आठ हजार २४८ जनालाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेकर्ड सार्वजनिक गरिएको छ । अधिकारीहरूका अनुसार विस्थापितहरूलाई ३३ वटा अस्थायी बाढी पिडित राहत केन्द्रमा सारिएको छ । मलेसियाको मौसम विभागले हाल निरन्तर रुपमा भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरिरहेको छ । यस अघि सन् २०१४ डिसेम्बरमा, मलेसियामा आएको अप्रत्यासित बाढीको कारण लगभग चार लाख मानिसहरू विस्थापित हुनुका साथै मनवीय तथा भौतीक क्षतीको सामना गरेका थिए । क्वालालम्पुर(मलेसिया), ८ मङ्सिर (रासस/क्यूएनए) :

सम्पर्कमा रहनुहोस्