मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

माघ १४, २०८२

मनाङ — मनाङ जिल्लामा परेको भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। सदरमुकाम चामेसहित माथिल्लो भेगमा निरन्तर हिमपात भएपछि दैनिक जनजीवन प्रभावित भएको स्थानीयवासीले बताएका छन्।हिमपातका कारण चिसो अत्यधिक बढ्नुका साथै यातायात, सञ्चार र जनजीवनमा समस्या उत्पन्न भएको छ। माथिल्लो क्षेत्रका बस्तीहरूमा आवतजावत कठिन बन्दै गएको छ भने स्थानीय बासिन्दा घरभित्रै सीमित हुन बाध्य भएका छन्।सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन र मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

तस्बिरः नवीन लामिछाने/रासस

सम्पर्कमा रहनुहोस्