मध्यपूर्व–यरुशलम–योम किप्पुर

अशोज १६, २०८२

यरुशलम, अक्टोबर १ (सिन्ह्वा) — प्रहरीले बुधबार पूर्वी यरुशलममा यातायात नियन्त्रण गर्नका लागि पश्चिमी यरुशलम प्रवेश मार्गमा अस्थायी बार लगाएका छन्।यो कदम यहुदीहरूको योम किप्पुर पर्वलाई ध्यानमा राख्दै गरिएको हो। योम किप्पुर, जसलाई ‘प्रायश्चित्तको दिन’ भनिन्छ, आत्मचिन्तन र उपवासको गम्भीर दिन मानिन्छ। यस दिन सडकमा प्रायः सवारीसाधन चलाउन दिइँदैन।यस वर्ष योम किप्पुर अक्टोबर १ मा सुरु भई अक्टोबर २ सम्म मनाइनेछ।

सम्पर्कमा रहनुहोस्